लुम्बिनी प्रदेश अधिवेशन अन्त्यका लागि सिफारिस
काठमाडौं, वैशाख १९ : लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्यका लागि लुम्बिनी प्रदेशका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलो सिफारिस गरेका छन्।पोखरेलले मुख्यमन्त्रीबाट राजिनामा दिएलगत्तै...
काठमाडौं, वैशाख १९ : लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्यका लागि लुम्बिनी प्रदेशका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलो सिफारिस गरेका छन्।
पोखरेलले मुख्यमन्त्रीबाट राजिनामा दिएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो। अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद्ले प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइसकेको बताइएको छ।
मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशनको प्रयोजन पनि सकिएकाले अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको बताइएको छ ।
पदबाट राजीनामा दिएलगत्तै एमालेले शंकर पोखरेललाई नै मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्दै उनले आजै शपथ लिने बताएका छन्
यता, विपक्षी दलहरुले भने मुख्यमन्त्री पोख्रेलले अविश्वासको प्रस्ताववाट भागेको बताउँदे पोख्रेलले फेरि सपथ लिन नसक्ने उल्लेख गरेका छन्।
प्रकाशित मिति: १२:४८ बजे, आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)