Kathmandu Press

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा, नयाँ सरकार गठनको बाटो खुला 

नयाँ सरकार गठन गर्न बाटो खुला गर्नका लागि राजीनामा दिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । आज (आइतबार) मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता हुने कार्यक्रम रहेको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा, नयाँ सरकार गठनको बाटो खुला 

काठमाडौं, वैशाख १९ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन् ।

नयाँ सरकार गठन गर्न बाटो खुला गर्नका लागि राजीनामा दिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो।  तर, त्यसअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

उनीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्री पोखरेलविरुद्ध यही वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो  ।  

राजीनामा स्वीकृत 

यसैबीच, पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

प्रदेश प्रमुखको कार्यालय लुम्बिनीले एक प्रेस बिज्ञप्ती जारी गर्दै पोखरेलले नेपालको संविधान २०७२ को धारा १६९ (१) (क) अनुसार मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको जानकारी गराएको छ । 

प्रकाशित मिति: ०९:५२ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्