प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौं, वैशाख १९ : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न...
काठमाडौं, वैशाख १९ : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।
बैठकले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्न सरकारले थप निर्णय गर्ने तयारी गरेको छ ।
सीसीएमसीको शुक्रबारको बैठकले आन्तरिक र बाह्य उडान बन्द गर्नदेखि भारतसँगको सीमा नाका बन्द गर्नसम्मको सिफारिस गरेको थियो ।
प्रकाशित मिति: ०८:५९ बजे, आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)