Kathmandu Press

लुम्बिनी प्रदेशको विशेष अधिवेशनबाट आज मुख्यमन्त्री पोखरेलविरूद्ध प्रस्ताव टेवल हुँदै

काठमाडौं, वैशाख १९ : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन मार्फत आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव अघि बढाइँदै छ ।प्रदेश सभाको बैठक दिउँसो १...
लुम्बिनी प्रदेशको विशेष अधिवेशनबाट आज मुख्यमन्त्री पोखरेलविरूद्ध प्रस्ताव टेवल हुँदै

काठमाडौं, वैशाख १९ : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन मार्फत आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव अघि बढाइँदै छ ।

प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा गत वैशाख ६ गते सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुने शनिबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसपछि मुख्यमन्त्री पोखरेलले सोमबार जवाफ दिएर अविश्वासको  प्रस्तावमा मतदान हुने कार्यसूची तय गरिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र नेकपा माओवादी केन्द्रले एमालेको असहमतिका बीच  कोरोना संक्रमणको महामारी भएकाले एकै दिनमा अविश्वासको प्रस्ताव टुंगो लगाउन सहमत भएका हुन् ।

गत वैशाख ६ मा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । हस्ताक्षर गरेकामध्ये जनता समाजवादी पार्टीका तीन सांसद मन्त्री बनेका छन् । तर चार जनालाई ह्विप उल्लंघन गरेको भन्दै जसपाले कारबाही गरेर सांसद पद गएको छ ।

८७ सदस्य रहेको प्रदेशसभामा हाल ८१ सांसद छन् । अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्दछ । सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाहीपछि जसपाका २ र राष्टिय जनमोर्चाका १ सांसद रहेका छन् ।

प्रकाशित मिति: ०८:४० बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्