Kathmandu Press

उपत्यकासहित पहाडी भेगमा बिहानैदेखि वर्षा, धेरै स्थानमा दिनभरी नै बर्षाको सम्भावना 

काठमाडौं, वैशाख १९ : काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ ।गएरातिदेखि पर्न सुरु गरेको पानी अबको...
उपत्यकासहित पहाडी भेगमा बिहानैदेखि वर्षा, धेरै स्थानमा दिनभरी नै बर्षाको सम्भावना 

काठमाडौं, वैशाख १९ : काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ ।

गएरातिदेखि पर्न सुरु गरेको पानी अबको दुई तीन घण्टासम्म निरन्तर पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा दिउँसोसम्म पानी पर्ने महाशाखाले जनाएको छ ।

स्थानीय वायु, पश्चिमी वायु, र बंगालको खाडीबाट उत्पन्न जलवाष्पयुक्त वायुको सक्रियताका कारण आज दिनभर देशका धेरैजसो स्थानको मौसम बदली भई हावाहुरी, मेघ गर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको छ ।

अन्य स्थानको तुलनामा प्रदेश नम्बर एकमा धेरै पानी पर्ने महाशाखाले अनुमान गरेको छ। हावाहुरी, मेघ गर्जन र चट्याङ सहितको वर्षा हुने भएकाले सजग रहन महाशाखाले आग्रह गरेको छ। 

प्रकाशित मिति: ०८:०३ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्