भारतमा एकै दिनमा थपिए झण्डै ४ लाख संक्रमित, ३६ सय वढीको मृत्यु

काठमाडौं, वैशाख १९ : पछिल्ला दिनहरुमा तीब्र रुपमा कोरोना संक्रमित वढेको भारतमा पछिल्लो २४ घण्टामा पनि उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्।
भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ। पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ९२ हजार ५६२ जना नयाँ संक्रमित थपिएका हुन्।
यसअघि अघिल्लो दिन भारतमा ४ लाखभन्दा बढी संक्रमित थपिएका थिए। पछिल्लो २४ घण्टामा ३६ सय ८८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख १५ हजार ५२३ पुगेको छ।
संक्रमितमध्ये एक करोड ५९ लाखभन्दा बढी निको भइसकेका छन् करिब ३३ लाख सक्रिय संक्रमित रहेका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ९५ लाख नाघेको छ।
प्रकाशित मिति: ०६:५४ बजे, आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)