Kathmandu Press

२ पटकको अग्रता जोगाउन सक्दा रोकियो बुटबल

काठमाडाैं, वैशाख १८ : दुई पटक लिएको अग्रता जोगाउन नसक्दा दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल)मा बुटबल लुम्बिनी एफसी बराबरीमा रोकिएको छ।...
२ पटकको अग्रता जोगाउन सक्दा रोकियो बुटबल

काठमाडाैं, वैशाख १८ : दुई पटक लिएको अग्रता जोगाउन नसक्दा दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल)मा बुटबल लुम्बिनी एफसी बराबरीमा रोकिएको छ। शनिबार भएको दोस्रो खेलमा दुवै हाफमा लिएको अग्रता जोगाउन नसक्दा बुटबल लुम्बिनी विराटनगर एफसीसँग २–२ गोलको बराबरी खेल्न बाध्य भयो ।

यो बराबरीसँगै बुटबलले लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । ३ खेलमा ५ अंक जोडेको बुटबल दोस्रो स्थानमा छ।  बराबरीपछि विराटनगर भने तेस्रो स्थानमा उक्लिएको छ । उसको ४ अंक छ।

खेलमा विराटनगरका लागि विराटनगरका पेड्रो मान्जी र सन्तोष तामाङले गोल गरे भने बुटवलका ओमोलाजा नुरिन करिम र लक्ष्मण रुचालले गोल गरेका थिए। खेलमा दुवै हाफमा दुवै टिमले समान १ गोल गरेका थिए।

खेलमा अग्रता बुटबलले लियो । छैटौं मिनेटमा नुरिन करिमले गोल गरेका थिए । उनले कर्नरबाट आएको बलमा विराटनगरका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए ।

४२औं मिनेटमा पेड्रो मान्जीले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । उनले एडिलाजा सोमिडेको पासमा गोल गरेका थिए।

६८ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २–१ को अग्रता दिलाए । विलियमको क्रसमा अनमार्क रहेका लक्ष्मणले भलीमा सहज गोल गरे । तर, इन्जुरी समयमा सन्तोष तामाङले फ्रिकिकमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । डिबक्सभित्र ड्रप भएर आएको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले ठम्याउन नसक्दा गोल भएको थियो ।

 

प्रकाशित मिति: २०:५९ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्