थपिए ५७६३ जना कोरोना संक्रमित, १९ जनाको मृत्यु
नेपालमा काेराेनाबाट थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।
काठमाडौं, वैशाख १८ : पछिल्लो २४ घण्टामा ५७६३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
१४ हजार ९६९ नमुना परीक्षण गर्दा ५७६३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ।
नेपालमा काेराेनाबाट थप १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, काठमाडौं उपत्यकामा भक्तपुरमा २०८, ललितपुरमा ३५५ र काठमाडौंमा १९३२ जना गरी दुई हजार ४ सय ९५ संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार ८ सय ९३ पुगेको छ।
गत २४ घण्टामा १२८७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८२ हजार ३८२ पुगेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:०१ बजे, शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)