Kathmandu Press

चितवनलाई हराउँद धनगढी नेपाल सुपर लिगको शीर्ष स्थानमा

काठमाडौं, वैशाख १८ : धनगढी एफसी पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ। शनिबार दिउँसो त्रिपुरेश्वरस्थित दशरथ...
चितवनलाई हराउँद धनगढी नेपाल सुपर लिगको शीर्ष स्थानमा

काठमाडौं, वैशाख १८ : धनगढी एफसी पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ। शनिबार दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा एफसी चितवनलाई ३–०ले हराउँदै धनगढी एनएसएलको शीर्ष स्थानमा उक्लिएको हो।

४ खेलमा २ जित र १ बराबरीसहित ७ अंक जोड्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो। चितवन भने २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।

धनगढीलाई सानदार जित दिलाउन निशान लिम्बू, ओलावाले हफिज र बुद्धबल तामाङले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ३ गोल गर्दै धनगढी विजयी भयो।

६४औं मिनेटमा निशालको गोलमा धनगढीले सुरुआती अग्रता लियो । त्यसको २ मिनेटपछि नै हफिजले उत्कृष्ट हेडिङ गोल गर्दै धनगढीको अग्रता दोब्बर बनाए । ८० औं मिनेटमा हफिजको पासमा बुद्धबलले गोल गरेपछि धनगढीले सहज जित निकाल्यो ।

खेलको पहिलो हाफमा धनगढीमाथि दबाब बनाएको चितवनले दोस्रो हाफमा भने लय गुमाएको छ। आफ्ना कप्तान भरत खवासलगायतका केही प्रमुख खेलाडी घाइते भएपछि चितवन दबाब देखिएको छ।

प्रकाशित मिति: १६:५५ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्