Kathmandu Press

'सत्ता स्वार्थ प्रेरित क्रियाकलापले श्रमजीवीका आन्दोलनलाई छियाछिया बनाइरहेको छ’

काठमाडौं, वैशाख १८ : नेकपा एमालेका नेता वामदेव गौतमले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गरेका छन्।शनिबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिंदै गौतमले कम्युनिष्ट...
'सत्ता स्वार्थ प्रेरित क्रियाकलापले श्रमजीवीका आन्दोलनलाई छियाछिया बनाइरहेको छ’

काठमाडौं, वैशाख १८ : नेकपा एमालेका नेता वामदेव गौतमले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गरेका छन्।

शनिबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिंदै गौतमले कम्युनिष्ट नेताहरुले आत्मालोचित भएर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गरेका हुन् । 

गौतमले फेसबुकमा लेखेका छन् ,‘मबाट पनि यस बीचमा केही कमजोरी र गल्ती भएका छन्। आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु। तिनलाई सच्याउन लागिपरेको पनि छु। ’ 

सत्ता स्वार्थ प्रेरित गतिविधि नरोके मुलुकमा फेरि प्रतिगमन स्थापित हुने गौतमले उल्लेख गरेका छन्। सत्ता स्वार्थ प्रेरित क्रियाकलापबाट श्रमजीवी वर्गीय आन्दोलनलाई छियाछिया बनाइरहेको उनको भनाइ छ । 

प्रकाशित मिति: १६:२३ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्