नाइजेरियामा सयौं विद्यार्थी अपहरण गर्ने समूहका नाइके झडपमा मारिए

नाइजेरिया, वैशाख १८ : सयौं स्कूली बच्चाहरूको अपहरणको नेतृत्व गरेका एक नाइजेरियाली डाकु समूहका प्रमुख प्रतिस्पर्धी गिरोहसँगको सशस्त्र भिडन्तमा मारिएको नाइजेरियाली अधिकारीले जानकारी दिएका छन्।
गत डिसेम्बरमा विज्ञान बिषय पढाइने एउटा सरकारी माध्यमिक विद्यालय कङ्कराका ५०० भन्दा बढी विद्यार्थीहरूको अपहरणमा अवालुन दौडावा र उनको समूहले नेतृत्व गरेको थियो।
उत्तरपश्चिम र मध्य नाइजेरियामा बढ्दो सुरक्षा चुनौती बनेका यो सशस्त्र आपराधिक गिरोहहरूले सामूहिक अपहरणको श्रृंखलामध्ये एक थियो।
बिहीबार जामफारा राज्यका एक सरकारी अधिकारीले दौडावाले फेब्रुअरीमा गरेको शान्ति सम्झौता पूरा नगरेको भन्दै उनी आफ्नो समूहको नेतृत्व लिन जङ्गलतर्फ फर्केका एएफपीलाई बताए ।
जाम्फाराका एक सरकारी अधिकारीले भने, ‘दौडावासहित उनका चार वरिष्ठ लडाकू उनको एक विरोधी समूहसँग शुक्रबार भएको दोहोरो झडपमा मारिएका हुन् ।’
‘उनले गत महिनाको एउटा शिविरमा प्रतिद्वन्द्वी गिरोहमाथि असफल छापा मार्दा उनका दुई जना सदस्यको मृत्युको बदला लिन आफ्ना मानिसहरूलाई लगाएका बेला भएको झडपमा दौडावाको मृत्यु भएको हो,’ एक नाइजेरियाली अधिकारीले भने ।
दौडावाले छजना साथीहरूसहित जामफारा राज्यका गभर्नर बेलो मटावालेसँग उनको कार्यालयमा आत्मसमर्पण गरेका थिए जहाँ उनले हतियार बुझाई र हिंसाको अन्त्य गर्न डाकुहरूलाई माफी दिने माग गरेका थिए। तर सरकारसँग लामो समयसम्म भएको वार्तामा आफ्ना माग पूरा नभएको बताउँदै उनी जङ्गलतर्फ फर्केका थिए।












