Kathmandu Press

भारतमा एकैदिनमा चार लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

नयाँ दिल्ली, वैशाख १८ : भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ। कोरोना महामारी सुरु भएदेखि दैनिक संक्रमितको सङ्ख्या यो...
भारतमा एकैदिनमा चार लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

नयाँ दिल्ली, वैशाख १८ : भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ। 

कोरोना महामारी सुरु भएदेखि दैनिक संक्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन्। 

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोरोनाबाट सङ्क्रमित भएका छन्। 

योसँगै अहिलेसम्म देशभरी कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन्।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५२३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेकोे छ। 

भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ११ हजार ८५३ पुगेको छ। 

मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ३२ लाख ६८ हजार १७० रहेको छ।  

पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९९ हजार ९८८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। 

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ जनाको कोरोना परीक्षण गरिएको छ।
 

प्रकाशित मिति: १२:२९ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्