कञ्चनपुरमा कोरोनाका कारण तीन जनाको मृत्यु
कञ्चनपुर, वैशाख १८ : कोरोना भाइरसको संक्रमणबाट कञ्चनपुरमा थप तीन जनाको मृत्यु भएको छ।कोरोना संक्रमणका कारण शनिबार मृत्यु हुने मध्ये दुई जना अस्पतालमा उपचार...
कञ्चनपुर, वैशाख १८ : कोरोना भाइरसको संक्रमणबाट कञ्चनपुरमा थप तीन जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणका कारण शनिबार मृत्यु हुने मध्ये दुई जना अस्पतालमा उपचार गराइरहेका थिए भने एक जना घरमै आइसोलेसनमा बसेका थिए।
महाकाली अस्पतालका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूष छन् । होम आइसोलेनमा बस्ने व्यक्ति भिमदत्त–१८ का ६८ वर्षीय पुरूषका छन्।
प्रकाशित मिति: १०:३४ बजे, शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)