Kathmandu Press

परराष्ट्रमन्त्री भन्छन्– भारतमा रहेका नेपालीलाई घर फर्कन समस्या हुन्न

काठमाडाैं, वैशाख १८ : सरकारले कोरोना भाइरसको जोखिम बढेपछि भारतसँगका नाक बन्द गरेपनि भारतमा रहेका नेपालीलाई घर फर्कन कुनै समस्या नहुने पराष्ट्रमन्त्री प्रदीप...
परराष्ट्रमन्त्री भन्छन्– भारतमा रहेका नेपालीलाई घर फर्कन समस्या हुन्न

काठमाडाैं, वैशाख १८ : सरकारले कोरोना भाइरसको जोखिम बढेपछि भारतसँगका नाक बन्द गरेपनि भारतमा रहेका नेपालीलाई घर फर्कन कुनै समस्या नहुने पराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले बताएका छन्। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले भारतसँग जोडिएका २२ नाका बन्द गरेको छ।

भारतमा रहेका नेपालीहरुले घर फर्कन नपाएर समस्या पर्ने हो कि भन्ने चासो व्यक्त गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले ट्विट गर्दै सरकारले भारतसँगका सबै नाका बन्द नगरी २२ वटा नाका मात्र बन्द गरेका कुनै समस्या नहुने बताएका हुन् ।

‘भारतमा रहेका नेपालीहरु स्वदेश फर्कनका लागि १३ वटा नाका खुलै छनै रहने छन्,’ ज्ञवालीले भने ‘घर फर्कन चाहने नेपाली नागरिकहरुलाई यी १३ रुटहरु प्रयोग अनुरोध गर्छु ।’  जहाजमार्फत आउन नसक्ने नेपाली नागरिक स्थलमार्ग हुँदै खुल्ला गरिएका नाकाबाट आउन सक्ने सरकारले बताएको छ ।

भारतका विभिन्न राज्यमा लकडाउन हुन थालेपछि नेपालीहरु रोजगारीका लागि गएका नेपालीहरु घर फर्किएका छन् । केही नेपालीहरु भारतमा अलपत्र समेत परेका छन् । अलपत्रमा परेकालाई आफ्नो सम्पर्कमा आउन आह्वान गर्दै नयाँदिल्लीस्थित नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरेको छ ।

 

 

 

प्रकाशित मिति: १०:१९ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्