Kathmandu Press

कोरोना संक्रमणबाट कैलालीमा थप दुई जनाको मृत्यु

धनगढी, वैशाख १८ : कोरोना भाइरसको संक्रमणबाट कैलालीमा थप दुई जनाको मृत्यु भएको छ। कोरोनाबाट कैलालीको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति मृत्यु...
कोरोना संक्रमणबाट कैलालीमा थप दुई जनाको मृत्यु

धनगढी, वैशाख १८ : कोरोना भाइरसको संक्रमणबाट कैलालीमा थप दुई जनाको मृत्यु भएको छ। 

कोरोनाबाट कैलालीको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति मृत्यु भएको हो। उनको टीकापुरस्थित टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। 

त्यस्तै कैलालीकै लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

उनको गएराति १ बजे उपचारका क्रममा मृत्यु भएको जोशीले बताए। उनी कोरोना संक्रमण देखिएपछि वैशाख ११ गते सेती अस्पताल भर्ना भएकी थिइन्। 

प्रकाशित मिति: ०८:४७ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्