Kathmandu Press

आईपिएल : बैंग्लोरमाथि पञ्जाबको ३४ रनको जित

काठमाडौं, वैशाख १८ : इन्डियन प्रिमियर लिग (आईपिएल)को १४औं संस्रकणमा पञ्जाब किंग्सले तेस्रो जित निकालेको छ। अहमदावादमा शुक्रबार राति भएको खेलमा हरप्रित ब्रार र केएल...
आईपिएल : बैंग्लोरमाथि पञ्जाबको ३४ रनको जित

काठमाडौं, वैशाख १८ : इन्डियन प्रिमियर लिग (आईपिएल)को १४औं संस्रकणमा पञ्जाब किंग्सले तेस्रो जित निकालेको छ। 

अहमदावादमा शुक्रबार राति भएको खेलमा हरप्रित ब्रार र केएल राहुल चम्किएपछि पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ३४ रनले जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै पञ्जबले दिएको १८० रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन बनाए भने रजत पतिदार र हर्सल पटेलले समान ३१ रन बनाए ।

बैंग्लोरलाई सस्तैमा रोक्ने क्रममा हरप्रितले  ओरभा १ मेडनसहित १९ रन खर्चेर तीन विकेट लिए भने रवि विस्नोइले २ विकेट लिए । यस्तै रेइली मेरेडिथ, मोहम्मद सामी र क्रिस जोर्डनले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको पञ्वाबले केएल राहुलको उत्कृष्ट ब्याटिङ मद्दतमा २० ओभरमा ५ विकेटको क्षतिमा १७९ रन बनायो ।

राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाए भने क्रिस गेलले ४६ र हरप्रितले अविजित रहँदै २५ रन बनाए। बैंगलोरका कायल जेमिसनले २ विकेट लिए ।

७ खेलमा ६ अंक जोडेको पञ्जाब पाँचौ स्थानमा उक्लिएको छ भने बैंग्लोर १० अंक सहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति: ०८:०० बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्