Kathmandu Press

प्युठानमा पनि आजबाट निषेधाज्ञा

प्युठान, वैशाख १८ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि प्यूठानमा पनि आजबाट निषेधाज्ञा लागू गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले आजबाट...
प्युठानमा पनि आजबाट निषेधाज्ञा

प्युठान, वैशाख १८ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि प्यूठानमा पनि आजबाट निषेधाज्ञा लागू गरिएको छ। 

जिल्ला कोभिड–१९ संकट व्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले आजबाट एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। त्यहिअनुसार, आज बिहानैबाट निषेधाज्ञा लागू भएको छ। 

महाकारीलाई नियन्त्रण गर्न आज बिहान ६ बजेदेखि वैशाख २४ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी हिमराज भुसालले बताए।

यो अवधिमा खाद्यान्न पसल सञ्चालनका लागि भने समय तोकिएको छ। बिहान ७ देखि ८ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएको छ। 

निषेधाज्ञाको अवधिमा होटेल तथा रेष्टुेन्ट पनि सञ्चालन गर्न समय तोकिएको छ। बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म ‘टेक अफ’ सेवा मात्रै सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: ०७:३९ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्