Kathmandu Press

झापा र डडेल्धुरामा पनि एक साता निषेधाज्ञा

काठमाडौं, वैशाख १७ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि निषेधाज्ञा लगाउने जिल्ला थपिँदै गएका छन्। झापा र डडेल्धुराले पनि निषेधाज्ञा जारी गरेका छन्।जिल्ला प्रशासन...
झापा र डडेल्धुरामा पनि एक साता निषेधाज्ञा

काठमाडौं, वैशाख १७ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि निषेधाज्ञा लगाउने जिल्ला थपिँदै गएका छन्। झापा र डडेल्धुरामा पनि निषेधाज्ञा जारी गरिएकाे छ।

जिल्ला प्रशासन कार्यालय, झापाले वैशाख १९ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ। शुक्रबार निषेधाज्ञा जारी गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले वैशाख २६ गतेसम्म लागू हुने बताए। 

निषेधाज्ञामा घर बाहिर निस्कन नपाइने जनाएको छ। यस्तै, भेला, जुलुस, सभा, सम्मेलन पनि गर्न पाइने छैन। जिल्लाभरी नै हाट, बजार, मेला, जात्रा, महोत्सव, भोज गर्न रोक लगाइएको छ।

यो अवधिमा गाडी भने चल्न पाउनेछन्। जोर विजोर गरेर चल्न पाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

त्यस्तै, भारतबाट नेपाल आउन रोक लगाइएको छ। काँकरभिट्टा र खजुरगाछी नाकाबाट मात्रै आउने दिने निर्णय गरिएको छ। भारतबाट आउनेको नाकामै स्वास्थ्य परीक्षण गरिने भएको छ। 

यस्तै, जिल्ला प्रशासन कार्यालय, डडेलधुराले पनि वैशाख १९ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ। कोरोना तीव्र गतिमा फैलिन थालेकाले निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए। 

शुक्रबार बसेको सर्वपक्षीय बैठकको सुझाव अनुसार वैशाख १९ गते बिहान ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ। यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जनाएको छ। 

निषेधाज्ञाको समयमा खाद्यान्न पसल खोल्न समय तोकिएको छ। बिहान ८ देखि ११ बजेसम्म र दिउँसो ४ देखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १९:५८ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्