Kathmandu Press

ओरालो लागिरहेको शेयर बजार टेवा क्षेत्रतिर

काठमाडौं, जेठ ३० : नेप्से परिसूचकमा निरन्तर गिरावट देखिएको छ। पछिल्लो ८ कारोबार दिनमा एक दिन मात्र सामान्य वृद्धि देखिएको थियो।  

....

ओरालो लागिरहेको शेयर बजार टेवा क्षेत्रतिर

काठमाडौं, जेठ ३० : नेप्से परिसूचकमा निरन्तर गिरावट देखिएको छ। पछिल्लो ८ कारोबार दिनमा एक दिन मात्र सामान्य वृद्धि देखिएको थियो।  

कारोबार रकमले पनि बजारलाई साथ नदिएको अवस्था छ। व्याजदरमा कमी आउन नसक्नु र लगानीकर्तासँग पर्याप्त तरलताको अभाव हुँदा बजारमा कारोबार रकममा कमी आएको देखिन्छ।

त्यस्तै, आउँदै गरेको मौद्रिक नीतिले गर्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् भन्ने अनुमान लगाउन सकिन्छ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २ दशमलव ९२ को सामान्य अंकले घटेर १२६९ दशमलव ५५ को विन्दुमा पुगेको छ।

Hardik ivf

दोस्रो बजार परिसूचकमा ० दशमलव २३ प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार १२७२ दशमलव ४८ को विन्दुमा खुलेको थियो भने १२७४ दशमलव ८३ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२६४ दशमलव ४६ थियो। दिनभरमा ४५ करोड ६५ लाखको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबै भन्दा धेरै सगरमाथा इन्स्योरेन्सको शेयर किनबेच भएको छ। सगरमाथा इन्स्योरेन्सको ३ करोड २ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज आँखु खोला जलविधुत कम्पनीले सर्वाधिक ५ दशमलव २६ प्रतिशतले कमाए भने प्यूरुडेन्सियल इन्स्योरेन्स कम्पनीका शेयरधनीले सर्वाधिक ४ दशमलव ६७ प्रतिशतले गुमाए। 

मूल्य समायोजन गतिविधि 
१५ दशमलव ४८ प्रतिशत बोनस शेयर प्रयोजनार्थ सिद्धार्थ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ।

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिन अघिको निष्कर्ष अनुसार बजारको तत्कालीन प्रतिरोध १२७५ मा र तत्कालीन टेवा १२६७ मा रहेको भनिएको थियो। आज बजारले यो १२७५ को प्रतिरोधलाई दुई पटक परीक्षण गरेपनि तोड्न असफल रह्यो र बजार १२६९ दशमलव ५६ अंकमा बन्द भएको छ। यो हिजोको टेवा क्षेत्रमा पर्दछ।

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति


चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम गत ६ सातादेखि बजार प्रवृत्तिहीन रहेको र हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजारमा क्रेता र विक्रेताको चाप बराबर रहेको देखिन्छ। हिजो विक्रेताको चाप कम भएको संकेत अनुसार आज बजारमा क्रेताको चाप पनि देखिएको छ। यो सकारात्मक संकेत हो। आजको परिमाण सामान्य रहेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। नेप्सेको प्रवृत्तिले आज बजार प्रवृत्तिहीन रहेको देखिन्छ। आज बजार प्रवृत्तिहीन रहेकाले ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४५ दशमलव ०३ अंकमा रहेको छ। यसले कारोबारको अन्तिम समयमा क्रेताको चाप कम रहेको संकेत गर्दछ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा शेयर बढी विक्री भएको संकेत गरेको छ। 

निष्कर्ष 
माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधार यदि बजार १२७५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने सम्भावना देखिन्छ। त्यस्तै, यदि बजार १२६४ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ। 

प्रकाशित मिति: १८:४० बजे, बिहीबार, जेठ ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्