धरौटीमा छुटे विप्लवका दाइ वीरजंग
नवलपरासी, वैशाख १७ : नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’ धरौटीमा छुटेका छन्। जिल्ला अदालत, नवलपरासीमा धरौटी बुझाएर छुटेका हुन्। जिल्ला अदालतले...
नवलपरासी, वैशाख १७ : नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’ धरौटीमा छुटेका छन्।
जिल्ला अदालत, नवलपरासीमा धरौटी बुझाएर छुटेका हुन्। जिल्ला अदालतले उनलाई गत भदौ २२ गते २५ हजार धरौटी बुझाउन आदेश दिएको थियो। उनी धरौटी नबुझाएर जेलमा बसिरहेका थिए।
उनी पक्राउ पर्नुअघि नेकपाको मध्यकमाण्ड इन्चार्ज थिए।
नेकपा सरकारसँग सहमति गरेर शान्ति प्रक्रियामा आएपछि पक्राउ परेका नेता तथा कार्यकर्ता छुट्न थालेका हुन्। यसअघि संखुवासभा कारागारमा रहेका माइला लामालाई बिहीबार रिहा गरिएको थियो।्
प्रकाशित मिति: १९:४० बजे, शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)