Kathmandu Press

पदमुक्तको निर्णयविरुद्ध जसपाका चार सांसदले सर्वोच्चमा रिट हाल्ने 

काठमाडौं, वैशाख १७ : पदमुक्त भएका जनता समाजवादी पार्टी लुम्बिनीका चार प्रदेश सांसदले आफूलाई पदमुक्त गर्ने निर्णय गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर...
पदमुक्तको निर्णयविरुद्ध जसपाका चार सांसदले सर्वोच्चमा रिट हाल्ने 

काठमाडौं, वैशाख १७ : पदमुक्त भएका जनता समाजवादी पार्टी लुम्बिनीका चार प्रदेश सांसदले आफूलाई पदमुक्त गर्ने निर्णय गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन्। उनीहरुले पार्टी र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाउँदै रिट दायर गर्न लागेका हुन्।

सांसद् सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले पार्टी र प्रदेशसभा सचिवालयले फर्जी काम गरेकाले सो निर्णय बदर गर्न माग गर्दै रिट दायर गर्न लागेका हुन् । 

पार्टी अध्यक्ष उपेन्द्र यादवले वैशाख १४ गते कार्यकारिणी समिति बैठक बोलाएर शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेका थिए। कार्यकारिणी समितिको निर्णयको आधारमा जसपा लुम्बिनी संसदीय दलले बिहीबार चारै जनालाई पदमुक्त गरेको थियो।

जसपाको कार्यकारिणी समितिको बैठक नै नबसी लुम्बिनी प्रदेशसभाका चार सांसद्लाई पदपुक्त गरिएको भन्दै अर्का अध्यक्ष महन्थ ठाकुरले सो निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगलाई शुक्रबार नै आग्रह गरेका छन् । उनले प्रदेशसभा सचिवालयले जसपा सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना अवैध र गैरकानुनी भएको बताएका छन्।

प्रदेशसभाले सूचना प्रकाशन गरेलगत्तै अध्यक्ष ठाकुरले कसैलाई कारबाही नगरिएको पत्र लुम्बिनी प्रदेशसभा सचिवालयलाई पठाएका थिए।

प्रकाशित मिति: १७:५९ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्