Kathmandu Press

कोरोना प्रसार रोक्न विराटनगरमा पनि निषेधाज्ञा

जिल्ला प्रशासन मोरङले पनि विराटनगर महानगरलगायत क्षेत्रमा एक साताका लागि निषेधाज्ञा घोषणा गरेको छ ।
कोरोना प्रसार रोक्न विराटनगरमा पनि निषेधाज्ञा

काठमाडौं, वैशाख १७: जिल्ला प्रशासन मोरङले पनि विराटनगर महानगरलगायत क्षेत्रमा एक साताका लागि निषेधाज्ञा घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जारी गरेको आदेशअनुसार विराटनगर महानगर, बुढीगंगा, जहदा र कटहरी गाउँपालिकामा निषेधाज्ञा लागू गरिएको हो ।

शनिबार मध्यरातदेखि निषेधाज्ञा लागू हुनेछ । विराटनगर महानगर तथा बुढीगंगा र जहदा गाउँपालिकाका सबै वडा एवं कटहरी गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडामा निषेधाज्ञा लागू गर्न लागिएको हो ।

साथै मोरङका भारतसँग जोडिएको सीमाबाट आवतजावत पूर्ण रूपमा बन्द हुने प्रजिअ निरौलाको आदेशमा उल्लेख छ ।

प्रकाशित मिति: १७:५१ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्