Kathmandu Press

हामीसँग वैकल्पिक सरकार बनाउने संख्या पुग्दैनः देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकारका लागि बहुमत नपुग्ने दोहोर्‍याएका छन्। पर्याप्त संख्या नपुगेकैले उक्त विषय अगाडि बढ्न नसकेको उनले बताए।
हामीसँग वैकल्पिक सरकार बनाउने संख्या पुग्दैनः देउवा

काठमाडौं, वैशाख १७ : कांग्रेस सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकारका लागि बहुमत नपुग्ने दोहोर्‍याएका छन्। पर्याप्त संख्या नपुगेकैले उक्त विषय अगाडि बढ्न नसकेको उनले बताए।

कांग्रेस र माओवादी केन्द्रका सांसदबाट मात्र बहुमत नपुग्ने र जसपाले निर्णय नगरेकाले यस विषयमा अगाडि बढ्न नसकिएको उनले प्रष्ट पारे।

कोभिड-१९ महामारीका सन्दर्भमा बूढानीलकण्ठस्थित निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जसपाले निर्णय नगरेसम्म यो विषय अगाडि नबढ्ने बताए।

एक अर्को प्रसंगमा एमसीसीबारे भ्रम फैलाइएको बताए। डा. बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसीसीको प्रक्रिया अगाडि बढेको र आफ्नो पालामा मन्त्रिपरिषदबाट पारित मात्रै गरिएको उल्लेख गरे।

एमसीसीमार्फत अमेरिकी सेना आउने हल्ला फिँजाइएको र यो अनुदान मात्र भएको उनले प्रष्ट्याए। ‘यो केवल अनुदान हो, जसको ब्याज तिर्नुपर्दैन,’ उनले प्रष्ट्याए।
 

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्