Kathmandu Press

थेग्न नसक्ने गरी संक्रमण फैलिसक्यो, जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनुस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं, वैशाख १७ : कोरोना संक्रमितको संख्या अत्याधिक बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जनतालाई संवेदनशिल हुन अपिल गरेको छ। देशभर स्वास्थ्य प्रणालीले थेग्नै...
थेग्न नसक्ने गरी संक्रमण फैलिसक्यो, जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनुस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं, वैशाख १७ : कोरोना संक्रमितको संख्या अत्याधिक बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जनतालाई संवेदनशिल हुन अपिल गरेको छ। 

देशभर स्वास्थ्य प्रणालीले थेग्नै नसकिने गरी संक्रमण फैलिरहेको र अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको हुँदा सबैले जनस्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्न मन्त्रालयले आग्रह गरेको हो। 

काठमाडौं, भक्तपुर, ललितपु, काभ्रे, कञ्चनपुर, कास्की, बाँके, सुर्खेत लगायतका २२ वटा जिल्लामा संक्रमण तिब्र फैलिरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १५:३२ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्