विशेष अदालतको फैसलाविरुद्ध दीप बस्न्यातले दिए बन्दी प्रत्यक्षीकरणको रिट
काठमाडौं, वैशाख १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले विशेष अदालतको फैसलाविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।बालुवाटार जग्गा प्रकरणमा...
काठमाडौं, वैशाख १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले विशेष अदालतको फैसलाविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।
बालुवाटार जग्गा प्रकरणमा पुर्पक्षका लागि राखेर अनुसन्धान गर्ने विशेष अदालतको फैसला गलत रहेको भन्दै थुनामुक्त गरि पाउन बस्न्यातले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।
निधेषाज्ञाका बेला बन्दी प्रत्यक्षीकरण र कोभिड संकटबाहेकका अरु मुद्दा अदालतले नहेर्ने भएकाले सोही सुविधा प्रयोग गर्दै बस्न्यातले पुनः थुनामुक्तिको माग गर्दै रिट दायर गरेका हुन् । शुक्रबार दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटसँगै बस्न्यातलाई कोभिड पोजेटिभ भएको प्रमाणसमेत पेस गरिएको छ ।
विशेष अदालतले २८मंसिर ०७७ बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । बस्न्यातले थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए, तर, उनको त्यो माग सुनुवाइ भएको थिएन।
अख्तियारले बस्न्यात तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको भन्दै आफ्नै पूर्वप्रमुख आयुक्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।











-1790332718.jpg)