कांग्रेस सभापति देउवाले पत्रकार सम्मेलन गर्दै
काठमाडौं, वैशाख १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्दैछन् । कोरोना महामारीबारे सरकारको ध्यानाकर्षण गर्न देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा ३...
काठमाडौं, वैशाख १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्दैछन् ।
कोरोना महामारीबारे सरकारको ध्यानाकर्षण गर्न देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा ३ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको देउवाको सचिवालयले जनाएको छ ।
सम्मेलनमा सरकारको भूमिका, निषेधाज्ञाले जनजीवनमा पारिरहेको प्रभावबारे धारणा राख्ने पनि बताइएको छ।
मुलुकभर दोस्रो चरणको कोराना भाइरस सङ्क्रमण तीव्र भएपछि सरकारले करिब डेढ दर्जन जिल्लामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको छ ।
प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)