Kathmandu Press

इजरायलको एक उत्सवमा भागदौड हुँदा ४४ बढीको मुत्यु

जेरुसेलम, वैशाख १७ : इजरायलको ‘लाग बोमर’ उत्सवमा भागदौड मच्चिँदा ठूलो हताहती भएको छ। माउन्ट मेरोनमा भएको ‘लाग बोमर’ उत्सवमा शुक्रबार मच्चिएको भागदौडमा...
इजरायलको एक उत्सवमा भागदौड हुँदा ४४ बढीको मुत्यु

जेरुसेलम, वैशाख १७ : इजरायलको ‘लाग बोमर’ उत्सवमा भागदौड मच्चिँदा ठूलो हताहती भएको छ। माउन्ट मेरोनमा भएको ‘लाग बोमर’ उत्सवमा शुक्रबार मच्चिएको भागदौडमा ४४ बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

सो भागदौडमा एक सयभन्दा बढी घाइते भएको बताइएको छ। के कारणले भगदौड भयो भन्ने स्पष्ट भइनसकेको अधिकारीहरुले बताएका छन्।

प्रत्यक्षदर्शीहरूको भनाई उदृत गर्दै समाचार एजेन्सीहरुले उत्सबमा सहभागीको एक समूह भ¥याङमा चिम्पिएर लडेपछि भागदौड मच्चिएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘लाग बोमर’ उत्सवमा भएको उत्तm घटना अत्यन्त दुःखद् भएको बताएका छन् ।  

प्रत्येक वर्ष माउन्ट मेरोनमा हुने उत्सवमा १ लाख बढी मानिस उपस्थित हुने गर्छन् । सो उत्सवमा रातभर प्रार्थना  गरिनुका साथै गीत गाउँदै नाचगान गरिन्छ।

 

प्रकाशित मिति: १२:५६ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्