निरन्तर तीनदेखि घटेको बजार कहिले रोकिएला?
काठमाडौं, जेठ २१ : लगातार दुई दिनदेखि निरन्तर घटेको बजार आज पनि सोही ट्रेन्डमा देखियो। पौने १२ बजेसम्म बजारले सकारात्मक ट्रेन्ड समात्....
काठमाडौं, जेठ २१ : लगातार दुई दिनदेखि निरन्तर घटेको बजार आज पनि सोही ट्रेन्डमा देखियो। पौने १२ बजेसम्म बजारले सकारात्मक ट्रेन्ड समात्न खोजेपनि बजारमा त्यसपछि भने निरन्तर बिक्रीकर्ता नै हाबी थिए। बजारले अन्तिम १५ मिनेटमा भने थोरै माथिल्लो दिशा समात्न खोजेको थियो।
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३ दशमलव ५६ ले घटेर १२८९ दशमलव २८ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव २८ प्रतिशतकोे गिरावट छ। दोस्रो बजार १२९२ दशमलव ८४ को विन्दुमा खुलेको थियो भने १२९७ दशमलव ९१ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १२८६ दशमलव ३७ थियो। दिनभरमा ७१ करोड ५४ लाखको शेयर किनबेच भएको छ। कारोबार भने अघिल्लो दिनभन्दा वृद्धि भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै शिवम सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको १२ करोड १३ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज तारागाउँ रिजेन्सी होटल्सका शेयरधनीले सर्वाधिक ६ दशमलव ९८ प्रतिशतले कमाए भने जोशी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ६ दशमलव ३८ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजार घट्दो प्रवृत्तिमा रहेकाले अर्को बजार बढ्ने सकारात्मक संकेत कुर्नु पर्ने भनिएको थियोे। आज बजार केही अंकले घटेको छ र बजार १२८९ दशमलव २८ अंकमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम बजारले फलिङ्ग वेजेजको आकृति बनाए वापत बजार केही सच्चिरहेको देखिन्छ। दुई दिनदेखि विक्रेताको चाप रहेको थियो भने आज विक्रेताको चाप केही कमजोर रहेको संकेत गरेको छ। तर, बजारमा निश्चित रुपमा क्रेता हाबी भइहाल्ने संकेत भने देखिँदैन। आजको परिमाण सामान्य रहेको देखिन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। बजार आज पनि घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। समग्रमा २१ समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा नेप्सेको प्रवृत्ति तल रहेकाले बजार घट्दो प्रवृत्तिमा रहेको र हाल यो ईएमए प्रतिरोधको रुपमा देखिएको छ।
रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४८ दशमलव ७१ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको अन्तिम समयमा बजार केही सकारात्मक भएपनि निश्चित रुपमा बजार बढी हाल्ने संकेत भने दिएको देखिँदैन। स्टोकास्टिक अक्सिलेटरले बजार केही समयका लागि सकारात्मक हुन सक्ने संकेत गरेको छ।
निष्कर्ष
माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकले मिश्रित संकेत गरेपनि चित्र नं. २ मा देखिए बमोजिम यदि बजारले माथिल्लो प्रवृत्ति रेखालाई निश्चित रुपमा तोड्न सके बजार केही सकारात्मक हुन सक्ने र अर्को तत्कालीन प्रतिरोध १३०० मा रहेको देखिन्छ। यो आफैमा मनोवैज्ञानिक प्रतिरोध क्षेत्र हो। त्यस्तै, यदि बजार १२८४ भन्दा तल रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालीन टेवा १२७० मा रहेको देखिन्छ।