Kathmandu Press

बजेट भाषणपछि केही सच्चिदै शेयर बजार

काठमाडौं, जेठ १९ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १३ दशमलव ७९ ले घटेर १३०५ दशमलव ६८ को विन्दुमा पुगेको छ।

दोस्रो बजार प....

बजेट भाषणपछि केही सच्चिदै शेयर बजार

काठमाडौं, जेठ १९ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १३ दशमलव ७९ ले घटेर १३०५ दशमलव ६८ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा १ दशमलव ०५ प्रतिशतकोे गिरावट छ। दोस्रो बजार १३१९ दशमलव ४७ को विन्दुमा खुलेको थियो भने १३१९ दशमलव ९८ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १३०४ दशमलव ५३ थियो। दिनभरमा ७५ करोड ३२ लाखको शेयर किनबेच भएको छ।

आजको बजारको अवस्था  

Hardik ivf

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्सको शेयर किनबेच भएको छ। प्रिमियर इन्स्योरेन्सको १३ करोड २ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज कन्काई विकास बैंकका शेयरधनीले सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले कमाए भने पाँचथर पावरका शेयरधनीले सर्वाधिक ९ दशमलव ८१ प्रतिशतले गुमाए। 


साधारणसभा गतिविधि  
सूर्या लाइफ इन्स्योरेन्सले असार ११ गते वार्षिक साधारण सभाका लागि जेठ २८ गतेदेखि बुक क्लोज गर्दैछ। कम्पनीले १२ बोनस शेयर दिने प्रस्ताव साधारण सभामा सभामा पेश गर्दैछ। जेठ २७ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांस प्राप्त गर्ने छन्।      

शेयर सूचीकरण  
आज फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएका छन्।     

प्राविधिक विश्लेषण 
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजार अझ केही सच्चिन सक्ने र अर्को तत्कालीन टेवा १३१० देखि १३१५ मा रहेको भनिएको थियो। आजको अधिकांश कारोबार समयमा बजार यही टेवा क्षेत्रमा रहेपनि सवा २ बजेदेखि बजारमा पुनः विक्रेता हाबी हुँदा नेप्से १३१० भन्दा तल झरेको थियो। आज बजार १३०५ दशमलव ६८ अंकमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम बजार लगभग एक महिनादेखि प्रवृत्तिहीन रहेको देखिन्छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ। आजको मैनबत्तीले बियरिस मारुबोजु आकृति बनाएको छ, यसले बजारमा विक्रेता हाबी रहेको संकेत गर्नुका साथै बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ। आजको परिमाण सामान्य रहेको देखिन्छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत तीन दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। बजार आज घट्दो प्रवृत्तिमा रहेको छ। हाल बजार मनोबैज्ञानिक टेवा १३०० को नजिक रहेको देखिन्छ। 

१४ समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा नेप्सेको प्रवृत्ति तल रहेकोले बजार घट्दो प्रवृत्तिमा रहेको र हाल यो ईएमए प्रतिरोधको रुपमा देखिएको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स २८ दशमलव ८४ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गर्नुको साथै अर्को दिन केही समयका लागि क्रेताको चाप हुन सक्ने प्रारम्भिक संकेत गरे पनि निश्चित रुपमा गरेको देखिँदैन।  

निष्कर्ष  

माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा यदि बजार १३१२ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने देखिन्छ भने अर्को तत्कालीन प्रतिरोध १३२५ मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १३०० भन्दा तल रहेमा बजार केही सच्चिन सक्ने देखिन्छ भने अर्को तत्कालीन टेवा १२८५ मा रहेको देखिन्छ।

प्रकाशित मिति: १८:२९ बजे, आइतबार, जेठ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्