Kathmandu Press

बजेट भाषणपछि शेयर बजारमा अत्यधिक उतारचढाव, अब के होला?

काठमाडौं, जेठ १६ : बजेट भाषणपछि लगानीकर्ता निकै आकर्षित हुँदा बजार सुरु भएको पहिलो १५ मिनेटमै बजारले बिहीबार उच्च विन्दु बनाएको थियो। त्यसपछि भने....

बजेट भाषणपछि शेयर बजारमा अत्यधिक उतारचढाव, अब के होला?

काठमाडौं, जेठ १६ : बजेट भाषणपछि लगानीकर्ता निकै आकर्षित हुँदा बजार सुरु भएको पहिलो १५ मिनेटमै बजारले बिहीबार उच्च विन्दु बनाएको थियो। त्यसपछि भने विक्रीकर्ताहरुले आक्रामक शेयर बेच्दा बजार भने बढ्न मानेको थिएन।  

१२ बजेपछि बजारले फेरि माथिल्लो दिशा समातेपनि दिनको उच्च विन्दु तोड्न सफल भएन। साढे १२ बजेपछि भने बजारमा पुनः विक्रीकर्ता आक्रामक देखिएका थिए। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५ दशमलव ५८ ले   वृद्धि भएर १३१९ दशमलव ४७ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा ० दशमलव ४३ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १३१३ दशमलव ८८ को विन्दुमा खुलेको थियो भने १३४९ दशमलव ३८ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १३१३ दशमलव ८८ थियो। दिनभरमा एक अर्ब ५२ करोडको शेयर किनबेच भएको छ।

Hardik ivf

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको १७ करोड १९ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले सर्वाधिक ९ दशमलव ५९ प्रतिशतले कमाए भने पाँचथर पावरका शेयरधनीले सर्वाधिक ९ दशमलव ९४ प्रतिशतले गुमाए। 

अन्य गतिविधि 
व्यक्तिगत लगानीकर्ताले ७ दशमलव ५ प्रतिशत लाभकर तिर्दै आएकोमा बजेटमार्फत सो दर घटाएर ५ प्रतिशतमा सीमित गरिएको छ।  

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारको तत्कालीन प्रतिरोध १३१६ र १३२५ मा रहेको भनिएको थियो। आज बजारमा बजेटको असर परेको देखिन्छ। त्यसैले बजारमा उतारचढाव अत्याधिक रहेको थियो। आज बजार १३१९ दशमलव ४७ अंकमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति


चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम बजार लगभग एक महिनादेखि प्रवृत्तिहीन रहेको देखिन्छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ। आजको मैनबत्तीले सुटिङ्ग स्टार आकृति बनाएको छ, यसका साथसाथै माथि चित्रमा देखिए बमोजिम बजारले ‘फल्स ब्रेकआउट’ गरेको देखिन्छ। यसले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गर्दछ। आजको मैनबत्तीलाई परिमाणले समर्थन गरेको देखिन्छ। 

चित्र नं.२: ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत तीन दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई १५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। बजार आज कारोबार सुरु भए लगत्तै १३४८ दशमलव ३८ को उच्च विन्दु प्राप्त गर्न सफल भएपनि त्यसपछि बजारमा गिरावट आएको देखिन्छ। हाल बजार सामान्य टेवा १३१५ को नजिक रहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले कारोबारको अन्तिम समयमा विक्रेताको चाप बढ्न थालेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४४ दशमलव ८४ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजारमा क्रेताको चाप कमजोर हुँदै गएको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा क्रेताको चाप केही समय हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष
माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुले बजार अझ केही सच्चिन सक्ने देखिएकले पर्ख र हेरको रणनीति अपनाउन उपयुक्त देखिन्छ। हाल बजारको तत्कालीन प्रतिरोध १३२९ मा रहेको देखिन्छ भने तत्कालीन टेवा १३१० देखि १३१५ को क्षेत्रमा रहेको देखिन्छ।


 

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, जेठ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्