Kathmandu Press

विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा

काठमाडौं, फागुन २० : सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्...
विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा

काठमाडौं, फागुन २० : सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। आज बिहान नेकपा र सरकारी वार्ता टोलीबीच तीन बुँदे सहमति भएको थियो। जसमा नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने उल्लेख थियो।

त्यसैलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको एक मन्त्रीले बताए।

सरकार र नेकपाबीच भएको सहमतिलाई भोलि घोषणा गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने भएका छन्।

 

प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, फागुन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्