Kathmandu Press

सरकार र विप्लवबीच तीन बुँदे सहमति, भोलि प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

विज्ञप्तीमा सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । 
सरकार र विप्लवबीच तीन बुँदे सहमति, भोलि प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २० : नेत्रविक्रम चन्द विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ।  बिहीबार वार्तापछि प्रेस विज्ञप्ती जारी गर्दै सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको जनाइएको छ । 

विज्ञप्तीमा सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । 

विप्लव समूहसँगको तीन बुँदे सहमतीपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले शुक्रबार संयुक्त सम्बोधन गर्ने भएका छन् । विशेष समारोहलाई शुक्रबार  दिउँसो २ बजे लाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्नेछन् । 

विशेष समारोह राष्ट्रिय सभागृहमा आयोजना हुने बताइएको छ । 

प्रकाशित मिति: १०:५६ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्