Kathmandu Press

रुसी खोपले पनि पायो २६ देशमा अनुमति

काठमाडौं, माघ ३० : कोरोना भाइरसविरुद्ध रुसमा विकास गरिएको खोप प्रयोगका लागि विश्वका २६ देशले अनुमति दिइएको छ।रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ)ले रुसी...
रुसी खोपले पनि पायो २६ देशमा अनुमति

काठमाडौं, माघ ३० : कोरोना भाइरसविरुद्ध रुसमा विकास गरिएको खोप प्रयोगका लागि विश्वका २६ देशले अनुमति दिइएको छ।

रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ)ले रुसी खोप स्पुत्निक–५ प्रयोगका लागि २६ देशले अनुमति दिएको शुक्रबार जनाएको छ। 'अहिलेसम्म विश्वका २६ देशका अधिकारीहरूले स्पुत्निक–५ को प्रयोगका लागि अनुमति दिइसकेका छन्,' आरडिआइएफद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

यति धेरै देशहरुले कोरोनाविरुद्ध लड्नका लागि स्पुत्निक–५ को प्रयोग गर्न अनुमति दिइएकाले यो खोप विश्वकै धेरै लोकप्रिय खोपअन्तर्गत परेको अधिकारीहरूको भनाइ छ।

उनीहरूका अनुसार धेरै माग गरिएकामध्ये तेस्रो क्रममा स्पुत्निक–५ खोप परेको छ।

प्रकाशित मिति: १९:४९ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्