चन्द्रागिरीका १४ लाखभन्दा बढी सेयर माग, बिक्रेता शून्य
काठमाडौं, माघ २५ : चन्द्रागिरी हिल्स लिमिटेडका लाखौँ कित्ता सेयर माग गरिएको छ । दिउँसो १ बजेसम्म १४ लाखभन्दा बढी कित्ता माग गरिएको हो...
काठमाडौं, माघ २५ : चन्द्रागिरी हिल्स लिमिटेडका लाखौँ कित्ता सेयर माग गरिएको छ । दिउँसो १ बजेसम्म १४ लाखभन्दा बढी कित्ता माग गरिएको हो । तर बिक्रेता भने शून्य रहेका छन् ।
चन्द्रागिरी हिल्सको सेयर आजदेखि दोस्रो सेयर बजारमा कारोबार सुरु भएको छ । आज यसको पहिलो कारोबार १६१ रुपैयाँमा भएको हाे । पहिलो कारोबारका लागि नेप्सेले ९६.६९ रुपैयाँदेखि २९०.७ रुपैयाँको रेन्ज दिएको थियो ।
प्रकाशित मिति: १३:१८ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











