Kathmandu Press

कोरोना खोपमा विश्वका लागि उदाहरणीय इजरायल

विश्वभर कोरोनाको खोप लगाउने अभियान सुरु भइरहेको वेला इजरायलले खोप नै कोरोना महामारीलाई अन्त्य गर्ने प्रभावकारी माध्यम रहेको पुष्टि गरेको छ।
कोरोना खोपमा विश्वका लागि उदाहरणीय इजरायल

विश्वभर कोरोनाको खोप लगाउने अभियान सुरु भइरहेको वेला इजरायलले खोप नै कोरोना महामारीलाई अन्त्य गर्ने प्रभावकारी माध्यम रहेको पुष्टि गरेको छ।

इजरायले कोरोनाको खोप लगाउने अभियान तीव्र रुपमा सञ्चालन गरेको छ। खोप लगाउन थालेपछि कोभिडका कारण अस्पताल भर्ना हुने विरामीको संख्या उल्लेखनीय मात्रामा घटेको छ।

नागरिकहरुलाई खोप लगाउँदा क्लिनिकल परीक्षणमा देखिएको नतिजाजस्तै प्राप्त भएको इजरायली स्वास्थ्य संस्थाहरुले बताएका छन्। ‘हामीले सावधानीपूर्वक खोप लगाउनुस् भनेका थियौँ, तर जादुमय रुपमा खोपको असर सकरात्मक देखियो,’ इरान सेगलले भनेका छन्।

Hardik ivf

आफ्नो राष्ट्रमा महामारी नियन्त्रण गर्ने प्रयत्न गरिरहेकाहरुका लागि इजरायल उदाहारण हुनसक्नेछ। ‘खोप निकै नै प्रभावकारी देखिएको छ र यसले इजरायलमा महामारीको प्रकोप छिट्टै न्यूनिकरण गर्नेमा हामी आशावादी छौँ,’ इपिडिमियोलोजिस्ट विलियम ह्यानेज भन्छन्।

६० वर्षभन्दा माथि उमेरका नागरिकका फाइजर भ्याक्सिन लगाउँदा विगत ६ हप्ताको तुलनामा कोरोना संक्रमण ४१ प्रतिशतले घटेको तथ्यांक छ। कोरोनाका कारण अस्पताल भर्ना हुनेको संख्या ३१ प्रतिशतले घटेको देखिएको छ।

इजरायलमा दोस्रो डोजअन्तर्गत २०  लाख मानिसले फाइजर भ्याक्सिन लगाएका छन्। पहिलो डोजमा ९० लाख मानिसले भ्याक्सिन लगाएका थिए। ६० वर्षभन्दा माथिका ८४ प्रतिशत मानिसलाई भ्याक्सिन लगाइएको छ।

भ्याक्सिनको प्रभावकारिकता ९१ प्रतिशत रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्। ‘यो तथ्यांक निकै नै उत्साहजनक छ र हामी आशवादी छौँ की यसको प्रभावकारिता कायमै रहनेछ,’ डा. अन्नत जोहर भन्छन्।

बेलायतमा फेला परेको नयाँ भाइरसको पनि इजरायलमा संक्रमण पनि देखिएको छ। कोरोनाको शंका लागेर परीक्षण गर्न आएकाहरुमा नयाँ भाइरस देखिएको हो।

कोभिड खोपको भ्याक्सिन लगाउनेमा इजरायल अग्रस्थानमा छ। सानो राष्ट्र र अत्याधुनिक स्वास्थ्य सुविधाका कारण इजरायलको भ्याक्सिन प्रभावकारिता अध्ययन गर्न निकै सहज छ। भ्याक्सिनको प्रभावकारिता सकारात्मक रहेपनि नयाँ भाइरसको जोखिम इजरायलमा टरिसकेको छैन।

त्यसैले इजरायले तेस्रो चरणको लकडाउनसमेत घोषणा गरेको छ। इजरायली भूमिमा लुकेका केही प्यालेस्टाइनहरुलाई भने भ्याक्सिन उपलब्ध गराइएको छैन। यो अवस्थामा उनीहरुमार्फत नै संक्रमण थप बढ्न सक्ने चुनौति छ।

वेइजम्यान अध्ययनका सह–लेखक हागाई रोसम्यानले भने, ‘इजरायलले निकै कम समयमा धेरै खोप वितरण गरेपनि धैर्यता महत्वपूर्ण छ भन्ने सन्देश विश्वले इजरायलसँग लिनुपर्छ। यहाँ कुनै जादुको छडी छैन।’

खोपको प्रभावकारिता कायम राख्न ७६ डिग्री सेन्टिग्रेटभन्दा कमको तापमानमा राख्न जरूरी हुन्छ। यसरी अन्य कुनै ठाउँमा लाँदा जोखिमपूर्ण हुनेहुँदा इजरायलले जस्तो सावधानी अपनाउन अन्य देश सफल नहुन पनि सक्छन्। तर, डा. हैन्गे इजरायलको परिणामदेखि प्रसन्न हुनुपर्ने र यथासम्भव उसको छिटो छरितोपनलाई प्रोत्साहनको रूपमा लिनुपर्ने बताउँछन्।

(न्यूयोर्क टाइम्स डटकमबाट)

 

 

प्रकाशित मिति: ०६:५८ बजे, शनिबार, माघ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्