ग्रिनलाइफको आइपिओ खुला, १ लाख कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं, माघ २३ : ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले आज (माघ २३) गतेदेखि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ३४ लाख ९६ हजार ४०० कित्ता प्राथमिक सेयर बिक्रीका लागि निष्कासन गरेको छ ।
निष्कासित सेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता सामूहिक लगानीकोष र ६९ हजार ९२८ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
आवेदकले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि माघ २७ गतेसम्ममा आवेदन दिन पाउनेछन् । बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











