नेप्सेमा सामान्य करेक्सन, करिब नौ अर्बको कारोबार
आज नेप्सेमा सामान्य करेक्सन भएको छ । नेप्से ६.८१ अंकले घटेर नेप्से २ हजार ४६६.९२ अंकमा बन्द भएको छ ।
काठमाडौं, माघ २१ : आज नेप्सेमा सामान्य करेक्सन भएको छ । नेप्से ६.८१ अंकले घटेर नेप्से २ हजार ४६६.९२ अंकमा बन्द भएको छ ।
आज २०१ कम्पनीका २ करोड ५८ लाख ५ हजार ३०० कित्ता सेयर ८ अर्ब ७८ करोड ६१ लाख ८४ हजार ९२९ रुपैयाँमा खरिद बिक्री भएको छ ।
बैंकिङ, हाइड्रोपावर, माइक्रोफाइनान्स र म्युचुअल फन्ड उपसूचक बढेका छन् भने अन्य सातवटा उपसूचक घटेका छन् ।
स्वाभिमान लघुवित्त, जनउत्थान सामुदायिक, उन्नति सहकार्य र माहुली लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । पोखरा फाइनान्स, नारायण डेभलपमेन्ट, मल्टिपर्पोज फाइनान्सलगायतको सेयर मूल्य घटेको छ ।
प्रकाशित मिति: १५:०९ बजे, बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











