Kathmandu Press

हाइड्रोमा प्यानिक सेल : सर्वाधिक गुमाउने १० मध्ये ८ हाइड्रोकै

काठमाडौं, जेठ ९ :  हाइड्रोपावर सेक्टरमा केहि दिनदेखि चलेको बुल र्‍याली आज रोकिएको छ। आज हाइड्रोपावर उपसूचकमा सबैभन्दा धेरै ४ दशमलव ८२ प्....

हाइड्रोमा प्यानिक सेल : सर्वाधिक गुमाउने १० मध्ये ८ हाइड्रोकै
काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, जेठ ९ :  हाइड्रोपावर सेक्टरमा केहि दिनदेखि चलेको बुल र्‍याली आज रोकिएको छ। आज हाइड्रोपावर उपसूचकमा सबैभन्दा धेरै ४ दशमलव ८२ प्रतिशतले गिरावट आएको छ। आज सर्वाधिक गुमाउने १० कम्पनीको सूचीमा ८ वटा हाइड्रोपावरकै छन्। 

आज बजारको न्यून बिन्दु १३०९ दशमलव १२ भए पनि अन्तिम घण्टामा भने बजारले माथिल्लो दिशामा फर्किन खोजेकोमा दुई बजेर चालिस मिनेटदेखि बजार बन्द हुँदासम्म विक्रीकर्ता हावी भएका थिए।  

आज साताको अन्तिम कारोवार दिन बिहीवार नेप्से परिसूचक ५ दशमलव ०८ले  घटेर १३१४ दशमलव ५५को विन्दुमा पुगेको छ। दोश्रो बजार परिसूचकमा ० दशमलव ३९ प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार १३१९ दशमलव ६३को विन्दुमा खुलेको थियो भने १३२४ दशमलव १५ को उच्च विन्दुसम्म पुगेको थियो। 

Hardik ivf

आज बजारको न्यून विन्दु १३०९ दशमलव १२ थियो। दिन भरमा ९३ करोड २६ लाखको शेयर किनबेच भएको थियो। 

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोवार हुने 
आज सबै भन्दा धेरै अपर तामाकोशीको शेयर किनबेच भएको छ। अपर तामाकोशीको १५ करोड ६३ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज एनएमबी माईक्रोफाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ९५ प्रतिशतले कमाए भने हिमालयन उर्जा विकास कम्पनीका शेयरधनीले सर्वाधिक ९ दशमलव ७२ प्रतिशतले गुमाए। 

लाभांस गतिविधि 
आईएमई जनरल इन्स्योरेन्सको संचालक समितिले आर्थिक वर्ष७४÷७५को नाफा बाट ५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ।  प्रस्तावित बोनस शेयर पश्चात कम्पनीको पुँजी १ अर्ब पुग्ने छ। बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएको थियो। 

प्रस्तावित लाभांस बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने छ।

मूल्य समायोजन गतिविधि 
आज प्राइम कमर्सियल बैंकको मूल्य समायोजन भएको छ।  १६ प्रतिशत बोनस शेयर प्रयोजनार्थ कम्पनीको शेयर मूल्य समायोजन भएको हो।

प्राथमिक बजार गतिविधि
–सीबीआइएल क्यापिटलले आफ्नो दोश्रो म्युचल फन्ड आजदेखि निष्कासन गरेको छ। ‘सिटिजन्स म्युचुअल फन्ड–२’नामक फन्डले १० करोड इकाई निस्काशन गरेको छ। १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई निष्कासन गरिएको हो। लगानीकर्ताले  जेठ १३ गतेसम्म आवेदन दिनसक्ने छन्। सो समयमा सम्पूर्ण इकाईमा आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ। प्रति इकाई १० रुपैयाँको दरले  न्यूनतम १०० इकाईदेखि अधिकतम २ करोड इकाईसम्म आवेदन दिन सकिनेछ। 
–एक हजार रुपैयाँ अंकित मुल्यमा नेपाल बंगलादेश बैंकले ‘१०.२५% एनबीबीएल डिबेन्चर २०८५’ नामक ऋणपत्र जेठ १० गते देखि बिक्रीमा ल्याउने भएको छ। बैंकले २० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएकोमा ८ लाख ईकाई सर्वसाधारणका लागि खुला हुनेछ । यस ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत ब्याज मिल्नेछ। यो ऋणपत्र १० वर्षमा परिपक्व हुनेछ। लगानीकर्ताले न्यूनतम २५ इकाई देखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले जेठ १४ गतेसम्म आवेदन दिनसक्ने छन्  । सो समयमा सम्पूर्ण इकाईमा आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ।

प्राविधिक बिश्लेषण

अघिल्लो कारोबार दिनको निश्कर्ष अनुसार यदि बजार १३२३ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने र  यदि बजार १३१६ भन्दा तल रहेमा बजार केहि सच्चिन सक्ने र अर्को सामान्य टेवा १३१० मा रहेको भनिएको थियो। आज कारोबार सुरु भए पछि बजार १३२३  भन्दा माथि गए पनि स्थिर रहन सकेन र बजार सच्चिएर १३०९ दशमलब १२ मा टेवा प्राप्त गरे पछि केहि बढेको र बजार १३१४ दशमलब ५५ बिन्दुमा बन्द भएको थियो। 

दैनिक मैनबत्ती प्रवृत्ति 


नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए वमोजिम तल्लो प्रवृत्ति रेखाभन्दा माथि रहेकोले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। आजको मैनवत्तीले बजारमा क्रेताभन्दा विक्रेताको चाप बढी देखिएको छ । परिमाण सामान्य रहेको देखिन्छ। 

५ मिनेट मैनबत्ती प्रवृत्ति


हिजो र आजको कारोबार कस्तो रह्यो भनि हेर्नलाइ ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। आज बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ । 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले हालसम्म विक्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४८ दशमलब २८ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार सकारात्मक भएको देखिन्दैन। स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयतिर विक्रेताको चाप रहेको र अझ बजार केहि सच्चिन सक्ने संकेत गरेको छ। 

निश्कर्ष

माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुले बजार सकारात्मक भइहाल्ने संकेत नगरे पनि यदि बजार १३२५ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने संकेत गरेको छ। हालको तत्कालिन प्रतिरोध १३२० मा रहेको देखिन्छ। त्यस्तै गरि बजार १३०९ भन्दा तल रहेमा बजार केहि सच्चिन सक्ने संकेत गरे पनि अर्को टेवा १३०० देखि १३०५ को क्षेत्रमा रहेको देखिन्छ । १३०० आफैमा पनि मनोवैज्ञानिक मुख्य टेवा क्षेत्र हो ।

प्रकाशित मिति: १७:४८ बजे, बिहीबार, जेठ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्