६५ अंकले बढ्यो नेप्से, करिब ३० कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा काराेबार
आज करिब ३० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । प्रभु लाइफ इन्स्योरेन्स, युनाइटेड युन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त, सपोर्ट माइक्रो फाइनान्सलगायतको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
काठमाडौं, माघ २० : आज करिब ३० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । प्रभु लाइफ इन्स्योरेन्स, युनाइटेड युन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त, सपोर्ट माइक्रो फाइनान्सलगायतको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
नेप्से परिसूचकसमेत दोहोरो अंकले बढेको छ । ६५.४९ अंकले बढेर नेप्से २ हजार ४७३.७३ अंकमा बन्द भएको छ । दुई सय कम्पनीका १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता सेयर ८ अर्ब ५९ करोड, ३४ लाख ७२ हजार ९८७ रुपैयाँमा खरि बिक्री भएको छ ।
आज होटल उपसूचक ओरोलो लागेको छ भने अन्य ११ वटा उपसूचक उकालो लागेका छन् ।
प्रकाशित मिति: १५:५६ बजे, मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











