सिंगटी हाइड्रोपावरको सेयरमा आवेदन दिने म्याद थप
दोलखाको कालिञ्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिंगटी हाइड्रो पावरले स्थानीयलाई जारी गरेको सेयरमा आवदेन दिने समयावधि थप गरेको छ ।काठमाडौं, माघ १९ : दोलखाको कालिञ्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिंगटी हाइड्रो पावरले स्थानीयलाई जारी गरेको सेयरमा आवदेन दिने समयावधि थप गरेको छ ।
सिंगटीले सेयर भर्न धेरै जना छुटेको भन्दै कम्पनीले आइतबारदेखि १५ दिनसम्म म्याद थप गरेको छ । प्रभावित क्षेत्र कालिन्चोक गाउँपालिका र विगु गाउँपालिकाका नागरिकले आगामी फागुन २ गतेसम्म सेयर आवेदन गर्न समय थप गरेको कम्पनीले जनाएको छ ।
प्रतिसाधारण सेयर १०० अङ्कित दरका १४ लाख ५० हजार कित्ता सेयर कम्पनीले निष्कासन गरेको थियो । स्थानीयवासीले न्यूनतम १० कित्तादेखि दुई लाख कित्तासम्म आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: १८:४७ बजे, सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१