माघ २८ देखि महिला लघुवित्तको आइपिओ खुला
महिला लघुवित्तले माघ २८ गतेदेखि चार करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको छ ।काठमाडौं, माघ १९ : महिला लघुवित्तले माघ २८ गतेदेखि चार करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको छ ।
निष्कासित आइपिओमध्ये ०.५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारणले ३ लाख ७५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ कित्तासम्मका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रकाशित मिति: १२:३४ बजे, सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











