Kathmandu Press

५४.७५ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन धितोपत्र कारोबार सूचक नेप्से ५४.७५ अंकले घटेर २ हजार ३७०. ५४ अंकमा बन्द भएको छ । 
५४.७५ अंकले घट्यो नेप्से

काठमाडौं, माघ १८ :  साताको पहिलो कारोबार दिन धितोपत्र कारोबार सूचक नेप्से ५४.७५ अंकले घटेर २ हजार ३७०. ५४ अंकमा बन्द भएको छ । 

आज  २०६ कम्पनीको ८ अर्ब ९७ करोड, ३२ लाख, ६ हजार ४५० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । 

Hardik ivf

बाह्रओटै उपसूचक घटेका छन् । सबैभन्दा बढी अंकले जीवन बिमा उपसूचक घटेको छ । घटेको बजारमा प्रभु लाइफ इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सको प्रमोटर सेयरको सर्किट लेभलमा कारोबार भएको छ । 

आज सबैभन्द बढी अंकले रिलाइन्स फाइनान्सको सेयर मूल्य घटेको छ । रिलाइन्सको सेयर मूल्य ८.३ अंकले घटेको हो ।

प्रकाशित मिति: १५:२० बजे, आइतबार, माघ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्