सबैको लघुवित्तको लाभांश घोषणा
सबैको लघुवित्तले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरी ११.०५ प्रतिशत लाभांश घोषणा गरेको हो ।काठमाडौं, माघ १८ : सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
सबैको लघुवित्तले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरी ११.०५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित मिति: १२:३९ बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











