आजबाट इन्भेस्टमेन्ट बैंकको ऋणपत्रमा लगानी गर्ने अवसर
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आजदेखि '८.५ % नेपाल इन्भेस्टमेन्ट बैंक बन्ड २०८४’ नामक ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा ४ अर्ब रुपैयाँबराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो ।काठमाडौं, माघ १६ : नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आजदेखि '८.५ % नेपाल इन्भेस्टमेन्ट बैंक बन्ड २०८४’ नामक ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा ४ अर्ब रुपैयाँबराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो ।
लगानीकर्ताले कम्तीमा २५ कित्तादेखि २ लाख ५० हजार कित्तासम्मका लागिमाघ १६ देखि माघ २० गतेसम्म ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । यस अवधिमा सबै ऋणपत्र बिक्री नभएमा माघ ३० गतेसम्म आवेदन दिन पाइनेछ ।
यस ऋणपत्रको अवधि सात वर्ष रहेको छ । वार्षिक रुपमा साढे ८ प्रतिशत ब्याज लगानीकर्तालाई दिइने बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











