नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे आइपिओ बाँडफाँट
क्यापिटलका अनुसार ५० कित्तासम्म माग गर्ने सबै आवेदकले ५० कित्ताका दरले आइपिओ पाएका छन् । ५० कित्ताभन्दा बढी माग गर्नेमध्ये ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथाबाट थप १० कित्ता दरले आइपिओ बाँडफाँट गरिएको छ ।
काठमाडौं, माघ १६ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटिडे (निफ्रा)को प्राथमिक सेयर (आइपिओ) आज बाँडफाँट गरिएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्ध्क एनआइबिएल एस क्यापिटलले निफ्राको आइपिओ बिहान १० बजे बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार ५० कित्तासम्म माग गर्ने सबै आवेदकले ५० कित्ताका दरले आइपिओ पाएका छन् । ५० कित्ताभन्दा बढी माग गर्नेमध्ये ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथाबाट थप १० कित्ता दरले आइपिओ बाँडफाँट गरिएको छ ।
आवदेकले अधिकतम ६० कित्तासम्म निफ्राको आइपिओ हात पारेका छन् ।
प्रकाशित मिति: १२:१८ बजे, शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











