Kathmandu Press

साइबर जासुसीमा अमेरिका सिकार र सिकारी दुवै

अमेरिकाले अहिले आफ्नो साइबर नेटवर्क सुरक्षा सफ्टवेयर ‘सोलर विन्ड’ ह्याक गर्ने रुसीहरू भएको आरोप लगाइरहेको छ। साइबर गतिविधिमा अमेरिका सिकार भएको खबर आइरहँदा...
साइबर जासुसीमा अमेरिका सिकार र सिकारी दुवै

अमेरिकाले अहिले आफ्नो साइबर नेटवर्क सुरक्षा सफ्टवेयर ‘सोलर विन्ड’ ह्याक गर्ने रुसीहरू भएको आरोप लगाइरहेको छ। साइबर गतिविधिमा अमेरिका सिकार भएको खबर आइरहँदा अमेरिकाको अपराध लुकाउने मानसिकता देखिन्छ। अमेरिकी आक्रोशको पर्दा पछाडि ऊ आफैँ यस्तो क्रियाकलाममा संलग्न छ भन्ने असुविधाजनक यथार्थ लुकेको छ। यस खेलको गोपनीयता लुकाउने नाटकीय स्थितिले प्रतिशोध लिन चाहने आफैँ पराजित हुन सक्ने अवस्था पनि आउन सक्छ।

गोपनीयताको आवश्यकता

साइबर जासुसीमा गोपनीयता अत्यावश्यक हुन्छ। कुनै राष्ट्रविरुद्ध रणनीतिक निर्णय लिन, अन्तर्राष्ट्रिय प्रहारबाट जोगिन र कूटनीतिक घटनालाई रोक्न अन्य स्रोतबाट निकालिएको जानकारी निकै महत्वपूर्ण हुन्छ। एक देशले आफ्नो गोपनीयता लुकाउँदै प्रतिस्पर्धी मुलुकको गोप्य कूटनीतिक जानकारी चोर्ने प्रयास गरिरहेको हुन्छ। खासगरी, ठूला देशहरूको यस्तो क्रियाकलाप बुझ्न निकै कठिन छ । त्यसका लागि गहन दृष्टिकोण आवश्यक हुन्छ।

Hardik ivf

नियालेर हेर्दा

यस्ता घटनाको बृहत तस्बिर नियाल्दा अमेरिका अन्य देशको तुलनामा साइबर स्पेसमा अत्यन्तै शक्तिशाली छ। उसको डिजिटल स्नुपिङ क्षमता विश्वभर विस्तारित छ। यस प्रविधिमा कौशल भएका संसारकै प्रतिभाशाली ह्याकर एवं विदेशी अपरेटरहरू अमेरिकासँग छन्।

तथापि, अमेरिका या ‘फाइभ आई एलाइज’ (अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड, बेलायत र अमेरिकाबीचको जासुसी गठबन्धन) द्वारा गरिएका ह्याकिङहरू सार्वजनिक दृष्टिबाट लुकाइएका छन्। अमेरिकाका कर्मचारीहरू न यसबारे खुलासा गर्छन्, न त अन्य निजी साइबर थ्रेट तथा खुफिया कम्पनी यसबारे बोल्छन्। यस्ता कम्पनीहरू देशभक्ति र बफादारिताका कारण एवं अन्य लाभ हेरेर जानाजान केही खुलासा गर्न चाहँदैनन्।

अमेरिकाविरूद्ध कास्परस्कीको प्रतिक्रिया

विदेशी स्वामित्व बोकेको रुसको निजी साइबर फर्म ‘कास्परस्की’लाई अमेरिकी गुप्तचर अधिकारीहरूले गहिरो अविश्वास गर्छन् । यो कम्पनी मात्र अमेरिकी साइबर खतराबारे राम्रो जानकार देखिन्छ । अमेरिकी साइबर खतराको नामकरण र लक्ष्यबारे वर्णन, त्यसको रणनीति र प्रक्रियाबारे विवरण दिन कास्परस्की सफल मानिन्छ। त्यसबाहेक अरू कुनै खुलस्त विवरण उपलब्ध छैनन्, जसले साइबर जासुसीमा अमेरिकी संलग्नताबारे सटिक जानकारी प्राप्त होस् ।

गोपनीयताको केरमेट

सोलर विन्ड सफ्टवेयर ह्याक अमेरिकामा हालसम्मकै ठूलो हमला हो। यस हमलाले खासगरी अमेरिकी सरकारको वाणिज्य विभाग निकै प्रभावित भएको थियो। ह्याकरहरूले सोलर विन्ड कम्पनीका १८ हजारभन्दा अधिक निजी र सरकारी प्रयोगकर्तालाई भाइरसयुक्त सफ्टवेयर पठाएर अपडेट र डाउनलोड गर्न लगाई नेटवर्कमा प्रवेश गरेको थियो। अमेरिकालक्षित यस अपरेसनले साइबर जासुसीको गोपनीयतालाई झनै केरमेट गरिदिएको छ । र, यसले एकअर्कालाई आरोप–प्रत्यारोप गर्ने भूमरी सिर्जना गरिरहेको छ।

अमेरिकी सांसदहरूले समेत ह्याकरबारे सही जानकारी पाउँदैनन्। उनीहरू सार्वजनिक जानकारीमार्फत यसबारे बुझ्ने कोशिश गर्छन्, जसले मतभिन्नता एवं विकृत विचारलाई झनै बढावा दिन्छ। यसबाट अमेरिका आफ्नो गोपनीयता लुकाउने खेलमा निकै तल्लिन छ भन्ने बुझ्न सकिन्छ।

जटिल डिकोडिङ

अमेरिकी साइबर जासुसीको भाषा डिकोडिङ कठिन छ । अर्थात्, साइबर जासुसीको भाषा सहजै बुझ्न सकिँदैन । अधिकारीहरूले साइबर जासुसीबारे स्पष्टसँग बोल्नुभन्दा पनि केवल ‘काम अगाडि बढाइरहेको’ कुरा गर्छन् ।

ग्यारी कर्न अमेरिकाको साइबर कमान्डका पूर्व वरिष्ठ अधिकारी हुन्। उनी रुसीहरूको सोलारविन्ड ह्याकबारे ‘ल फेयर’ नामक राष्ट्रिय सुरक्षामा समर्पित ब्लगमा लेख्छन्, ‘हो, रुसले सोलरविन्ड सुरु ग¥यो । यो रुसी साइबर अपरेसनको लामो शृंखलाको अन्तिम रूप हो। सोचेभन्दा विपरित तवरले रुसले सहजै हमला ग¥यो किनकि ऊ त्यसका लागि सक्षम छ।’

अमेरिकाले आफ्नो साइबर अपरेसनको माध्यमबाट के गरिरहेको छ भन्ने तथ्यबाट मात्र अमेरिकाविरोधीहरूको कार्यबारे स्पष्ट बुझ्न सकिन्छ। सोलरविन्डबारे सटिक प्रतिक्रिया प्रायः अमेरिकी शीर्ष गुप्तचर अधिकारीहरूबाट आएका छन्, जसले देशको आफ्नै गतिविधिबारे राम्ररी जान्दछन् र अन्यथा बहाना गर्न पनि जानेका छन्।

सेन्स डिक डर्बिन र मिट रुम्नीजस्ता सूचना अधिकारी र सांसदहरू सोलार विन्ड्स ह्याकलाई रुसी युद्धसँग तुलना गर्छन्। तर, यस विषयमा जटिल उत्तरका लागि उनीहरू मौन देखिन्छन्।

सीआईएका पूर्वकार्यबाहक निर्देशक माइकल मोरेल रुसी ह्याकबारे खबर पाएपछि ‘उनीहरूका लागि राम्रो र हाम्रा लागि नराम्रो भयो’ मात्र भन्छन्। उनी सोलार विन्ड्सलाई एक जासुसी काम मात्र ठान्छन्, कुनै विनाशको प्रस्तावना मान्दैनन् ।

सीआईएसए, एफबीआई, एनएसए र ओडीएनआईलगायत अमेरिकी गुप्तचर संस्थाहरू संयुक्त विज्ञप्तिमार्फत सोलारविन्ड्स ह्याकबारे आकलन सार्वजनिक गर्छन्। त्यो आकलनले यो एक खुफिया जानकारी जम्मा गर्ने प्रयास थियो र अहिले पनि जारी छ भन्नेमा जोड दिन्छ।

बटम लाइन

अमेरिकाका साइबर अपरेटरहरू प्रमुख रुसी सरकारी एजेन्सीहरूलाई लक्षित गर्दै छन् या छैनन् भन्ने खोजको विषय हो। तर, यस किसिमका अमेरिकी योजना कति सफल होलान् र जारी छन् भन्ने कुरा भविष्यमा बढी बुझ्नुपर्ने चासोका विषय हुनेछन्।

- एक्सियोस डटकमबाट

प्रकाशित मिति: ०७:३३ बजे, शुक्रबार, माघ १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्