Kathmandu Press

आजदेखि नारायणी डेभलपमेन्टको शतप्रतिशत हकप्रद बिक्री खुला

काठमाडौं, माघ १३,   नारायणी डेभलपमेन्ट बैंकको  शतप्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ  । बैंकले आज (माघ १३) देखि एक  सय अंकित...
आजदेखि नारायणी डेभलपमेन्टको शतप्रतिशत हकप्रद बिक्री खुला
Hardik ivf

काठमाडौं, माघ १३,   नारायणी डेभलपमेन्ट बैंकको  शतप्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ  । बैंकले आज (माघ १३) देखि एक  सय अंकित मूल्यमा १ः१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । 

बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । क्यापिटलका अनुसार माघ १३ देखि  फागुन ३ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाइनेछ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय, नारायणी डेभलपमेन्ट बैंकको रजिर्स्टर्ड तथा शाखा कार्यालयहरुमा हकप्रद सेयर खरिदका लागि दरखास्त बुझाउन पाइनेछ ।

प्रकाशित मिति: १२:५५ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्