Kathmandu Press

अमेरिकी इतिहासमै दुर्लभः राष्ट्रपतिकाे शपथ ग्रहण समाराेहमा २२ वर्षीया युवतीको कविता वाचन 

संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपति शपथ ग्रहण समारोहमा कविता वाचन गर्दै अमन्डा गोर्मन अमेरिकी इतिहासमै सबैभन्दा कम उमेरको उद्घाटन कवि बनेकी छिन्।...
अमेरिकी इतिहासमै दुर्लभः राष्ट्रपतिकाे शपथ ग्रहण समाराेहमा २२ वर्षीया युवतीको कविता वाचन 

संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपति शपथ ग्रहण समारोहमा कविता वाचन गर्दै अमन्डा गोर्मन अमेरिकी इतिहासमै सबैभन्दा कम उमेरको उद्घाटन कवि बनेकी छिन्। उनले गत बुधवारको उक्त कार्यक्रममा ‘द हिल वी क्लाइम्ब’ नामक कविता निकै राम्रो वाचन शैलीमा प्रस्तुत गर्दै उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध पारेकी थिइन्। 

२२ वर्षीय गोर्मन लस एन्जलसका बासिन्दार एक स्कूल शिक्षककी छोरी हुन्। उनले आफ्नो भाषण कलालाई परिष्कृत गर्दै कलिलै उमेरमा लेखन कार्य शुरू गरिन्। उनले १४ वर्षको उमेरदेखी, लस एन्जलसको ‘राइट गर्ल’ नामक गैर नाफामुखी संस्थाबाट लेखन अभ्यास थालेकी हुन्।

यस संस्थाले किशोरीहरूलाई रचनात्मक लेखनको अभ्यास गराउँदै उनीहरूको बोली र वाचन शक्ति बढाउन मद्दत गर्छ। गोर्मनले राइट गर्लका समूहलाई आफ्नो सपना बुन्न सहयोग गरेकोमा सम्पूर्ण श्रेय प्रदान गरेकि छिन्। यसबारे सीबीएस लस एन्जलस न्यूजले रिपोर्ट गरेको छ।

Hardik ivf

गोर्मनकेवल १६ वर्ष हुँदा लस एन्जलसको युवा कवि पुरस्कार हासिल गरेकी थिइन्। केही वर्ष पछि हार्वर्डमा समाजशास्त्र पढ्ने क्रममा फेरी उनी पहिलो राष्ट्रिय युवा कवि घोषित भइन् । 

गोर्मानलाई जोइ बाइडेनका पत्नी जिलबाइडेनको अनुरोधमा उद्घाटन कार्यक्रममा आमन्त्रित गरिएको थियो। जिल बाइडेनले गोर्मानलाईराष्ट्रपति समारोहमा केही पढ्ने सुझाव दिनुअघी अमेरिकी संसदको लाइब्रेरीमा पढ्दै गरेको देखेकी थिइन्।

गत केही हप्तादेखी गोर्मनले हरेक दिन केही लेख्दै थिइन्। जब उनले कविता लेखाइ समाप्त गरिन्न त्यसै दिन क्यापिटलमा ट्रम्प समर्थकले हिंसात्मक क्रियाकलाप गरेका थिए।

उनको कविता ‘द हिल वी क्लाइम्ब’ देशभित्र मृत्यु राजनैतिक विभाजन जस्ता कठिन समस्याहरू उब्जीरहेका बेला अभूतपूर्व एकताको आह्वान गर्ने शपथ ग्रहण समारोहको मूल विषयसँग केन्द्रित थियो। कविता सिर्जना गर्न उनले अमेरिकाको महान नेताहरू जस्तो अब्राहम लिङ्कन र सम्माननिय मार्टिन लुथर किंग जूनियरका ऐतिहासिक भाषणबाट प्रेरणा प्राप्त गरेकी थिइन्।

मैले आफ्नो सम्पूर्ण जीवनमा गर्नसक्ने मध्यको सबैभन्दा महत्वपूर्ण क्षण यसलाई मान्छु, उनले न्यूयोर्क टाइम्सको अन्तर्वार्तामा भनिन्। यस्तो महान क्षणमा बोल्न पाउँदा एकैपल्टमा हिमाल आरोहण गरेझैँ महसुस भएको उनको भनाइ छ।

गोर्मानसँगै माया एन्जेलु र रबर्ट फ्रस्टजस्ता अन्य थुप्रै कविहरू समारोहमा आमन्त्रित एवं उपस्थित थिए। उनले आफ्नो कविता तयार पार्न एलिजाबेथ अलेक्जेन्डर र रिचार्ड ब्लानकोसँग सल्लाह लिएकी थिइन्।  ब्लान्कोद्वारा केही सहज शब्दहरू प्राप्त भएको उल्लेख उनलेन्युयोर्क टाइम्ससँग गरिन्। ब्लान्कोको भनाइमा यो कुनै एक व्यक्तिको नभइ सम्पूर्ण अमेरिकाको कविताको प्रतिनिधीत्व हो र अब अमेरिकालाई राष्ट्रपति समारोहका लागि कविको जरूरत पर्ने विचार गोर्मानको छ । 

उनको विचारमा कविता सामान्यतयाएक स्पर्शशिला हो। यसले इतिहासको आधारमाहामीअहिले कहाँ खडा छौँ भन्ने पूर्वानुभुति गराउँछ, उनले भनिन,‘यसले भविष्य निर्माणको लागि हामी वर्तमानमा कहाँनेर उभिएका छौँ भन्ने पनि जानकारी गराउँछ।’

गोर्मन आफै काला वर्णको भएपनि उनको भविष्य निकै उज्ज्वल छ। उनीको दुइवटा पुस्तकहरू चाँडै प्रकाशित हुँदैछन्। यसमध्यको एक बालकहरूका लागि लेखेको पुस्तक ‘चेन्ज सिङ्ग’ आउँदो सेप्टेम्बर भित्र बजारमा आउदै छ। उनले सन् २०३६ मा राष्ट्रपति पदको लागि उम्मेदवार हुने चाहना बारे पनि एल ए टाइम्ससँग भनेकि छिन्। 

उपराष्ट्रपति कमला ह्यारिसले दिएको प्रेरणाप्रतिउनले कृतज्ञता व्यक्त गरेकी छिन्। ह्यारिसको राजनीतिक सफलताका लागि कामना गर्दै गोर्मनले एलए टाइम्ससँग भनिन्, ‘महिलाको रूपमा राष्ट्रको प्रतिनिधित्व गरेको देख्ने चाहना राख्ने सबैको लागिउनको विजय हामी सबैको विजय हो। यसले मेरो कल्पना शक्तिलाई बढाइदिएको छ। जब साना केटीहरूले केही देख्न सक्छन् तब त्यस्तो हुन पनि सक्छन् किनभने तिनीहरू चाहेजस्तो बन्न सक्छन्।तर, त्यस्तो सपनालाई पहिलो स्थानमा राखेर प्रतिनिधित्व गरेको देख्न पाउनुमेरो लागि निकै महान कुरा हो।’

- सीएनबीसी डटकमबाट
 

प्रकाशित मिति: ०७:२९ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्