चन्द्रागिरि हिल्सको आइपिओ बाँडफाँट
चन्द्रागिरि हिल्सको आइपिओ आज (शुक्रबार) बाँडफाँट गरिएकाे छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट गरिएको हो ।
काठमाडौं– चन्द्रागिरि हिल्सको आइपिओ आज (शुक्रबार) बाँडफाँट गरिएकाे छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट गरिएको हो ।
ग्लोबलका अनुसार १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने दुई जनाले थप एक एक कित्ता सेयर हात पारेका छन् ।
चन्द्रागिरिको आइपिओमा १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ५ हजार ५३८ वटा आवेदन अस्वीकृत भएको थियो ।
प्रकाशित मिति: १३:०७ बजे, शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











