Kathmandu Press

शिवममा बिक्री चाप आउँदा शेयर बजार फेरि मनोवैज्ञानिक टेवा नजिक

काठमाडौं, जेठ ६ : आज सुरुवाती १५ मिनेटमा बजार वृद्धि भए पनि त्यसपछि भने बिक्रीकर्ता नै हावी हुँदा बजार आज बढ्न मानेन।

केही दिनदेखि निरन्तर वृद्धि भएको श....

शिवममा बिक्री चाप आउँदा शेयर बजार फेरि मनोवैज्ञानिक टेवा नजिक

काठमाडौं, जेठ ६ : आज सुरुवाती १५ मिनेटमा बजार वृद्धि भए पनि त्यसपछि भने बिक्रीकर्ता नै हावी हुँदा बजार आज बढ्न मानेन।

केही दिनदेखि निरन्तर वृद्धि भएको शिवम सिमेण्ट्सको शेयर मूल्य भने आज केही रोकिएको छ। आज शिवमको शेयर मूल्य ६७८ रुपैयाँ सम्म पुगे पनि बजार बन्द हुँदा सम्म ५९५ रुपैँयामा कारोबार बन्द भएको थियो।

आज शिवमको शेयर मूल्यमा करेक्शन या खरिद चाप रोकिएको हो भन्ने कुरा भोलिको कारोबारले देखाउने छ। अघिल्लो कारोवार दिनसम्म आक्रामक खरिद गरेका ब्रोकरले भने आज शिवमको ठूलो कित्ता शेयर बिक्री गरेको उपलब्ध फ्लोरसिटबाट देख्न सकिन्छ।  

Hardik ivf

आज साताको दोश्रोे कारोवार दिन सोमबार नेप्से परिसूचक ९ दशमलव १३ले  घटेर १३०७ दशमलव ७१ को विन्दुमा पुगेको छ। आज दोश्रो बजार परिसूचकमा ० दशमलव ६९ प्रतिशतकोे गिरावट देखिएको छ। आज दोश्रो बजार १३१६ दशमलव ८४को विन्दुमा खुलेको थियो भने १३२२ दशमलव ८५ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १३०५ दशमलव ४३ थियो। आज दिन भरमा १ अर्ब २२ करोडको शेयर किनबेच भएको छ। 

कारोवार रकम १ अर्ब माथि हुनु र बजार खुलेबाट नै बिक्रीकर्ता हावी हुनुले बजारमा आज बिक्री चाप रहेको देखाउँछ। कारोवार रकममा आएको वृद्धि र नेप्से  परिसूचकमा आएको गिरावटलाई त्यति सकारात्मक मानिँदैन।

आजको बजार

 

आज सर्वाधिक कारोवार हुने 
आज सबै भन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको २५ करोड ५० लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले कमाए भने पाँचथर पावर कम्पनीका शेयरधनीले सर्वाधिक ७ दशमलव ७६ प्रतिशतले गुमाए। 

प्राथमिक बजार गतिविधि 
 आज जनसेवी लघुवित्तको आईपिओ बाडँफाँड भएको छ।

हकप्रद गतिविधि 
नेपाल धितोपत्र बोर्डले मल्टि पर्पोज फाइनान्स र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थालाई हकप्रद शेयरबिक्री गर्न अनुमति दिएको छ। 

मल्टिपर्पोज फाइनान्सले १ बराबर ८ दशमलव ६४४ अनुपातका हकप्रद शेयर बिक्री गर्ने अनुमति पाएको हो भने जनउत्थान सामुदायिक लघुवित्तले शत प्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको हो।

अन्य गतिविधि
कालिका लघुवित्तले जनसेवी लघुवित्तसँग मर्जरमा जान सम्झौता गरेसँगै कालिका लघुवित्तको शेयर कारोवार रोकिएको छ।

प्राविधिक बिश्लेषण:
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारको तत्कालीन सामान्य टेवा १३१२ मा रहेको भनिएको थियो। आज बजारले यो टेवालाई निश्चित रुपमा तोड्न सफल रह्यो। आज बजार १३०७ दशमलब ७१ अंकमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति 

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए वमोजिम तल्लो प्रवृत्ति रेखाभन्दा माथि रहेकोले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। आजको मैनवत्तीले बजारमा विक्रेताको चाप रहेको र परिमाणले पनि यो मैनवत्तीलाई समर्थन गरेको देखिन्छ। यसले अर्को कारोबार दिनमा पनि विक्रेताको चाप हुन सक्ने संकेत गर्दछ।

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

 
चित्र नं.२, हिजो र आजको कारोबार कस्तो रह्यो भनी हेर्न ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। आज बजारले १३१२ को सामान्य टेवालाई निश्चित रुपमा तोड्न सफल भएकोले बजार केही सच्चिइरहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए)हरु एकआपसदेखि फराकिलो हुंदै गएकोले बजारको अन्तिम समयतिर विक्रेताको चाप रहेको देखिन्छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरे पनि बजार निश्चित रुपमा बढी हाल्ने संकेत गरेको देखिँदैन। अन्तिम मैनबत्तीले हतौडा आकृति बनाएको र परिमाणले पनि समर्थन गरेको देखिन्छ। यसले छोटो समयको लागि भए पनि बजार प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि निश्चित रुपमा संकेत गरेको देखिँदैन। 

निष्कर्ष : 

माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुलाई समग्र रुपमा हेर्दा बजारको तत्कालीन प्रतिरोध १३१२ मा रहेको देखिन्छ भने बजार १३१७ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गरे पनि अर्को तत्कालीन सामान्य प्रतिरोध १३२३ मा रहेको देखिन्छ। त्यस्तैगरी, मुख्य टेवा १३०० मा रहेको देखिन्छ। यो आफैंमा मनोवैज्ञानिक टेवा क्षेत्र पनि हो।  


 

प्रकाशित मिति: १८:४४ बजे, सोमबार, जेठ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्